जेठ ०५, २०८१, शनिबार
               

भारतद्वारा २८ वटा आइसियू भेन्टिलेटर प्रदान

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

नेपाललाई भारतले २८ वटा आइसियू भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको छ ।  

आइतबार भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ थान आइसियू भेन्टिलेटर प्रदान गरेका हुन् ।

यसअघि पनि नेपाललाई भारतले प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका स्वास्थ्य सामाग्री, कोभिड–१९ परीक्षण किट (आरटी–पिसिआर), आइसियू भेन्टिलेटर र रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ । 

आइसियू भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत  क्वात्राले कोरोन भाइरस (कोभिड–१९) महामारी विरुद्धको लडाइँमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि