जेठ ०५, २०८१, शनिबार
               

टेकु अस्पतालमा पनि कोरोना उपचारका लागि ५० हजारसम्म धरौटी राख्नुपर्ने

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी राख्नुपर्ने भएको छ ।

सरकारले गरेको निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले सूचना जारी गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रको कात्तिक ३ गतेको पत्रअनुसार अस्पतालमा धरौटी राखेर मात्रै उपचार गर्ने व्यवस्था गरिएको अस्पतालको सूचनामा भनिएको छ ।

अस्पतालले आइसियूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च र ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गर्नुपर्ने बताएको छ । 

त्यस्तै आईसीयूबाहेक भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीलाई दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ भने ३० हजार धरौटी राख्नुपर्नेछ । 

क्याबिन आइसोलेसनमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३ हजार ५०० रुपैयाँ उपचार खर्च तिर्नुपर्नेछ । उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नुपर्ने अस्पतालले जनाएको छ ।

निश्चित वर्गमा सरकारले तोकेअनुसार परिचयपत्र वा सम्बन्धित पालिकाले दिएको गरिब, अति अपांग, अशक्त, एकल महिला र ७० वर्ष नाघेको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि