सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।
उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छन् ।
उनको सोमबार स्वाब सङ्कलन गरिएकाेमा आज सङ्क्रमण पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजिक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन् ।