असोज ०६, २०८१, आइतबार
               

शशांक कोइराला कोरोना संक्रमणमुक्त

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरसमुक्त भएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन् । उनको स्बाव परीक्षणका क्रममा आज कोरोना रिपोर्ट नेगेटिभ देखिएको हो । 

गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा. कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए । 

उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् । 

कोभिड–१९ को संक्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए । 

स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए । 


कस्तो लाग्यो ?

यो पनि