जेठ ०६, २०८१, आइतबार
               

हाँस्दा पनि फाइदै फाइदा ?

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ । दैनिक ४५ मिनेटसम्म हाँस्नाले मानिसमा भएको सबै तनाव कम हुन्छ । साथै अप्ठेरा परीस्थितीसंग जुध्ने क्षमतामा वृद्धि गर्दछ ।

हाँसोले मानिसको ब्यक्तित्व समेत झल्कन्छ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ ।

यस्ता छन् हाँस्दा हुने फाइदाहरु :

– शरीरलाई आराम

हाँस्दा शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै यसले मांसपेशीलाई आराम दिलाउँछ । यसले शरीरलाई पुर्ण आराम गर्दछ ।

– तनाव भुलाउन सहयोगी

हाँस्ने मानिसहरुमा इन्डोर्फिन नामक रसायन वृद्धि हुनुका साथ तनाव र अनावश्यक चिन्ता कम हुन्छ ।

यसले मानिसलाई धेरै हदसम्म पीडा भुलाउन सहयोग गर्दछ ।

– प्रतिरोधी क्षमतामा वृद्धि

अधिक तनाव हुँदा शरीरमा रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ । तर हाँस्दा तनाव कम हुनुका साथै हर्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणबिरुद्ध लड्ने एन्टीबडी वृद्धि हुन्छ ।

– वजन घट्दछ

दैनिक ४५ मिनेट हाँस्नाले निकै धेरै मात्रामा क्यालोरी कम हुन्छ । १० मिनेट मात्र हाँसेमा पनि ४० क्यालोरीसम्म घटाउन सकिन्छ ।

– मुटुको रक्षक

हाँस्दा रक्तनलीमा सुधार भई रक्त सञ्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटु रोग लाग्ने सम्भावना समेत कम हुन्छ ।

– सधैँ प्रसन्न बनाउँछ

हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मानिसलाई प्रसन्न पार्दछ ।

हाँस्ने बानीको बिकास गर्न सकेमा हर प्रकारका अप्ठ्यारासंग जुध्ने क्षमतामा वृद्धि हुन्छ ।

– आयु बढाउँछ

नहाँस्ने भन्दा हाँस्ने मानिसको आयु बढि हुन्छ । जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ धेरै बाँचेको विभिन्न अध्ययनहरुले पुष्टिसमेत गरेको छ।


कस्तो लाग्यो ?

यो पनि