काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
उनका अनुसार गएराति स्वरो बढेपछि कोइरालालाई ओम अस्पताल भर्ना गरिएको हो ।
उनलाई निमोनिया भएको चिकित्सकले प्रारम्भिक अनुमान गरेका छन् । उनको थप परीक्षण गरिने बताइएको छ ।