बैशाख २१, २०८१, शुक्रबार
               

दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

दार्चुला । दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । मंगलबारसम्म आठ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ।

जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका आठ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका डाक्टर गजेन्द्र दुवालले बताए ।

यसअघि पाँच जनामा स्क्रब टाइफस देखिएकोमा सोमबार मात्रै थप तीन जनामा स्क्रब टाइफस संक्रमण देखिएकाले बिरामीको संख्या आठ पुगेको डाक्टर दुवालले बताए । सोमबार मात्रै तीन जना महिलामा स्क्रब टाइफस देखिएको छ ।

महाकाली नगरपालिकाका दुईजना र मालिकार्जुन गाउँपालिकाका एकजना गरी ३ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

मालिकार्जुन गाउँपालिकामा एक पुरुष तथा तीन महिला गरी चारजना, महाकाली नगरपालिकामा एक पुरुष तथा दुई महिला गरी तीनजना र ब्याँस गाउँपालिका एक पुरुष गरी जम्मा आठ जनामा स्क्रब टाइफस देखिएको अस्पतालका डाक्टर दुवालले बताए ।

तीमध्ये गम्भीर एकजनालाई धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा रिफर गरिएको छ भने एक जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

डाक्टर दुवालका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै-कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्नेजस्ता लक्षणसमेत देखापर्ने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि