मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै

एजेन्सी
भदौ १५, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप बिग्रिएको चिकित्सकहरुले बताएका छन् ।

दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटललले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थामा झन झन रुपमा समस्या आएको जनाएको छ । मुखर्जीलाई केही वर्षयता फोक्सो सम्बन्धी स्वास्थ्य समस्या रहेको बताइएको छ । 

अगस्टको दोस्रो साताबाट बिरामी भएपछि उनलाई सैनिक अस्पताल लगेर भर्ना गरिएको हो । त्यहाँ उनको कोरोना परीक्षण गर्दा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका अनुसार उनी अहिले भेन्टिलेटर सपोर्टसहित कोमामै छन् । साथै फोक्सोमा संक्रमणका कारण मुखर्जी सेप्टिक सकमा भएको बताइएको छ । उनको उपचारमा सक्रिय चिकित्सक टोलीका अनुसार उनको रक्तचापमा अत्यधिक गिरावट आएको छ ।

यो पनि