बैशाख १५, २०८१, शनिबार
               

रुसी सरकारका आलोचक नाभाल्नी अस्पताल भर्ना

एजेन्सी
भदौ ०४, २०७७

ADVERTISEMENT

रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना भएका छन् ।

शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किरा यर्मयशले दिएको जानकारीअनुसार बिहीबार बिहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उनले असहज महसुस गरेका थिए । 

उनले उडानकै बेलामा अप्ठ्यारो महसुस गरेका थिए, ओम्स्कमा विमान आकस्मिक अवतरण गरिएको थियो, सञ्चार सचिव किराले भने । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिए ।

अवस्था जटिल भएपछि उनलाई अहिले अति सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । 

ओम्स्क विमानस्थलले पनि एक जना हवाई यात्रुको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्रु रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ ।  
 

यो पनि