जेठ ०७, २०८१, सोमबार
               

नर्सलाई कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष सिल

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो । 

अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नर्समा सङ्क्रमण देखिएपछि उक्त कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । उनले भने, ‘इमर्जेन्सीमा कार्यरत नर्समा सङ्क्रमण देखिएकाले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेका छौँ, इमर्जेन्सी कक्ष सिल गरेका छौँ ।

भरतपुरको प्रयोगशालामा बिहीबार परीक्षण गरिएकामध्ये १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जनाको स्वाब भरतपुर अस्पतालबाट र एक जनाको पुरानो मेडिकल कलेजबाट लिइएको हो । सङ्क्रमण पुष्टि हुनेमा प्रहरीका थुनुवा, एक होटलका कर्मचारी, अस्पतालमा शल्यक्रिया गर्न तयारी गरिएका बिरामीलगायत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि