बैशाख १७, २०८१, सोमबार
               

झापामा पीसीआर प्रयोगशाला

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

झापा ।  मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । सङ्घीय सांसद पवित्रा खरेल र प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा सो प्रयोगशालाको उद्घाटन गरेका हुन् । 

प्रदेश नं. १ सरकारको सहयोगमा मेची अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले एक चक्रमा ९० जनाभन्दा बढीको स्वाबको नमूना परीक्षण गर्ने नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

सञ्चालनमा आएको प्रयोगशालाले सोही अस्पतालको आइसोलेसनमा उपचारारत ५ जना कोभिड–१९ का सङ्क्रमितको स्वाब परीक्षण गरेको छ । यहाँ गरिएको परीक्षणको नतिजालाई पुनः परीक्षणका लागि प्रदेशको प्रयोगशालामा लगिने बताइएको छ ।

त्यस्तै झापाको कनकाई नगरपालिकामा अर्को पीसीआर प्रयोगशालासमेत मेची अस्पतालकै मातहतमा छिट्टै सञ्चालनमा आउने भएको छ । अस्पताल विकास समितिले कनकाई नगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी उक्त पीसीआर प्रयोगशालाको सञ्चालन र व्यवस्थापन आफैँले गर्ने सहमति भएको छ ।

‘एकका लागि एक नामक’ अभियानमार्फत जनस्तरमा सङ्कलित रकमबाट खरिद गरेर कनकाईको समर्पण भवनमा प्रयोगशालाका मेसिन जडान भइसकेको छ । सरकारले अनुमति दिन ढिलाई गरेका कारण जडान भइसकेर पनि उक्त प्रयोगशाला सञ्चालन आउन सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि