जेठ ०५, २०८१, शनिबार
               

रोग प्रतिरोधी क्षमता वृद्धिका लागि फाइदाजनक करेला

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

हाम्रो गाउँघरमा सजिलै पाइने तरकारी हो करेला । स्वादमा तितो हुने करेलालाई तितेकरेला पनि भनिन्छ । यसको स्वाद तितो हुने हुनाले धेरैले करेला मन पराउँदैनन् । तर, तितो भए पनि यसको सेवनले धेरै फाइदा गर्छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ ।

करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस पाइन्छ । करेला केही रोगीहरुका लागि फाइदाजनक हुन्छ । करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका विरामीका लागि फाइदाजनक छ । एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ ।

उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउन सहयोग पुर्याउछ । करेलाको जुस नियमित खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ । करेलाको जुसले मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।

करेलामा हुने फाइबरहरुले खाना पचाउन सहयोग गर्छ , जसले गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । यसको सेवनले छालाका रोग तथा संक्रमण हटाउन सहयोग गर्छ ।

यसले मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । मुटुको रोग भएकालाई पनि करेला फाइदाजनक छ । यसको सेवनले तौल पनि नियन्त्रण हुन्छ । साथै प्रेशर हाई भएकालाई पनि फाइदाजनक हुन्छ । यदी बान्ता आउने वा हैजाको समस्या भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाएमा ठिक हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि