जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन् । जुन यस प्रकार छन् ।
१. चिसो सर्दी
चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा ब्याक्टेरिया उत्पन्न गर्छ ।
२. खानामा धेरै नुन
खानामा धेरै नुन खाँदा वा अन्य नुनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नुनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ
३. पिसाब रोक्दा
पिसाब रोक्दा पिसाब थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने ब्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।
४. पानी कम वा ज्यादा पिउनु
पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई भार पर्न गई असर गर्छ ।
५. चुरोट वा तमाखु खाँदा
चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खाँदा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।
६. धेरै कोल्ड ड्रिंस वा चिसो पिउने
जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।
७. अत्यधिक खाँदा
सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।
८. ज्यादा ननभेज खानेकुरा
मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।
९. निद्रा पूरा नगरेमा
दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।
१०. ज्यादा जंक फुड खाँदा
ज्यादा बजारको जंक फुड अर्थात् अजिनोमोटो भएका खाना जस्तै : चाउचाउ, पानीपुरी, चिप्स आदि खाने गर्नाले पनि किड्नी बिग्रन जान्छ ।