काठमाडौं । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डिन पदका लागि तीन जनाको नाम सिफारिस गरिएको हो ।
समितिले प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलाई डिनका लागि सिफारिस गरेको हो ।
आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि रिक्त सो पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस गरेका नाममध्येबाट एकजना जना डिनमा नियुक्त हुनेछन् ।
डिनका लागि सफारिस भएकामध्ये प्रा.डा. वैद्य शिक्षा तथा विज्ञान प्रविधि गिरिराजमणि पोखरेल निकटस्थ मानिन्छन् ।
उनी त्रिवि सहकुलपति पनि हुन् ।
प्रा.डा. शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् भने अर्का प्रत्यासी प्रा.डा. श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् ।