मंसिर ०७, २०८१, शुक्रबार
               

निद्रा लागेन ? यसो गरे लाग्छ पूरा निद्रा

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

प्रविधिकाे जमानाका कारण आजभोलि  धेरै मानिसहरु तनाव या काममा प्रेसरका कारण निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् ।

निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ । निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ ।

इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई निद्रा आउँदैन र पूरै रात ओछ्यानमा यता उता पल्टदै रात कट्न सक्छ । निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ । यसका कारण दिनभरी काममा प्रेसर र तनाव तथा राति अबेरसम्म फेसबुक, ट्विटरलगायत इन्टरनेटको अत्यधिक प्रयोग गर्नु । 

यदि तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ जसका कारण निद्रा राम्रोसँग लाग्न सक्छ ।

तातो पानीले नुहाउने

थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ ।

लेभेन्डर को तेलको प्रयोग

पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ । यस तेलको सट्टा अन्य तेलको प्रयोगले शरीरको थकान कम हुनुको साथै राम्रोसँग निद्रा लाग्छ ।

बिहान व्यायाम तथा योगा गर्नुहोस्

निद्रा नपुग्नुको कारण शरीर भद्दा र आलस्यता हुनु पनि एक हो । त्यसकारण बिहान सधैँ मर्निङ वाक, व्यायाम, नृत्य, योगा आदि गरेमा निद्रा पूरा लाग्छ । 

तातो दूध र मह

प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ । तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ । दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभुति हुने गर्छ ।

हर्बल चिया

रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ ।

 

सुत्नुअघि नगर्नुहोस् यी गल्ती

– सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस् । 

– रातिको समयमा धेरै र बासी खाना नखानुहोस् ।

– रातिको खाना सुत्नुभन्दा २ घन्टापहिला खानुहोस् । 

– सुत्नुअघि मोबाइल चलाउने वा लामोसमय टेलिभिजन हेर्ने लगायतका काम नगर्नुहोस् ।

 


कस्तो लाग्यो ?

यो पनि