जेठ ०६, २०८१, आइतबार
               

१८ वर्षीया युवतीले जन्माइन् क्वारेन्टाइनमै शिशु

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

झिमरुक । प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन्  ।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आएर उक्त क्वारेन्टाइनमा बसेकी सरस्वतीले गए राति १  क्वारेन्टाइनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।  उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि