जेठ ०६, २०८१, आइतबार
               

धादिङकी महिलाले जन्माइन् एकैपटक तीन बच्चा

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । धादिङकी एक महिलाले कैपटक तीन बच्चा जन्माएकी छन् । राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया महिलाले सविता तामाङले तीन छोरी जन्माएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका अनुसार ती महिलाले गत वैशाख २० गते राति १०ः५४ मिनेटमा पहिलो, १०ः५५ मा दोस्रो र १०ः५६ मा तेस्रो शिशु जन्माएकी थिइन् । जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम रहेको थियो ।

पहिलो र दोस्रोको तुलनामा तौल बढी भएको र स्वास्थ्यमा कुनै समस्या नभएपछि तेस्रो शिशुलाई सुरुदेखि नै सुपरीवेक्षण वार्डमा राखिएको थियो। उसलाई ७ दिनपछि आमासँगै नियमित स्तनपान गराइएको थियो भने पहिलो र दोस्रो शिशुलाई २८औँ दिनमा आमाको साथमा राखियो ।

तौल कम भएका र सास फेर्न अप्ठेरो भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको शिशुका फोक्सोलगायत अन्य अंग विकास भएको छ । उनिहरुको स्वास्थ्य सामान्य भएपछि २८औँ दिन सोमबार डिस्चार्ज गरिएको  अस्पतालले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि