जेठ ०७, २०८१, सोमबार
               

तरबुजा खाँदाका फाइदा

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

गर्मी मौसमा तरबुजा अधिकांशको रोजाइमा पर्ने फल हो र तरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रशस्त मात्रामा पाइन्छ ।

यसले शरीरलाई शीतल बनाउने, शरीरमा डिहाइड्रेसनको खतरा क मगर्नेको साथै मुटु, मृगौला तथा रगत सम्बन्धि विभिन्न रोगको जोखिम पनि कम गर्ने विज्ञहरु बताउँछन् ।

कम वजन गर्न चाहनेहरुका लागि समेत तरबुजाको सेवन हितकारी हुन्छ यसका साथै क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै तरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत हो । त्यसैले तरबुजा स्वास्थ्यका लागि हितकारी हुन्छ ।

तरबुजा खानुका फाइदाहरु

१. तरबुजामा प्रशस्त मात्रामा अर्गानिक पिगमेन्ट क्यारोटिन्वाइड पाइन्छ जसले अन्य क्यान्सरबाट बचाउनका लागि फोक्सोको क्यान्सरको खतरा पनि कम गर्छ र यो तत्वले सरीरका क्यान्सर कोषलाई समेत नष्ट गर्न सहयोग गर्छ ।

२. तरबुजामा एडेनोसिन नामक एन्टिकुएगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकाहरुलाई जम्न दिँदैनन् र रक्तनलीमा समेत रगत जम्ने समस्याले हृदयाघात लगायतका समस्या हुन्छन् तर एडेनोसिनले रक्तप्रवाहलाई सन्तुलित गर्छ र हृदयाघातको जोखिम कम गर्ने गर्दछ ।

३. कब्जियत तथा अन्य पेट सम्बन्धि समस्या छ र पेटको अम्लपना हटाउन पनि तरबुजाको नियमित सेवन राम्रो हुन्छ । तरबुजामा पाइने कोलाजन प्रोटिनले छालामा पाइने कनेक्टिभ तन्तुका कोशिकाको संरचनालाई तन्दुरुस्त राख्छ ।

यसले छालाको सुन्दरता र चमकता कायम राख्न मद्दत गर्छ ।

४. नियमित तरबुजा भोजनले मुत्र विकार सम्बन्धि समस्या, मृगौला सम्बन्धि समस्या तथा मृगौलाको पत्थरी लगायतका समस्याको समाधान गर्न पनि सहयोग पुर्‍याउँदछ ।

५. तरबुजामा भिटामिन बी पाइन्छ र यसले सरीरमा शक्ति प्राप्त हुने तत्वको काम गर्छ ।

६. मोटोहुने पीडितहरुका लागि तरबुजाको नियमित भोजन निकै फाइदाजनक हुन्छ ।

७. यसले आँखाको स्वास्थ्यका लागि समेत तरबुजाको नियमित भोजन लाभदायी हुन्छ । तरबुजामा भिटामिन ए प्रशस्तै पाइन्छ । अनि यसले आँखाको ज्योति प्रवर्धनका लागि ठूलो भूमिका खेल्छ ।

८. तनाबबाट मुक्तिका लागि समेत फाइदा हुन्छ । यसमा पाइने पोटासियम तत्वले मुटुको धड्कन, शरीरको रक्तप्रवाहलाई सन्तुलित गर्ने गर्दछ ।

९. यसले मधुमेहको जोखिम पनि कम गर्छ ।
 


कस्तो लाग्यो ?

यो पनि