जेठ ०७, २०८१, सोमबार
               

बालबच्चाको लागि योग अति उत्तम

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

योग भन्नासाथ धेरैको मनमा रोग लागिसकेपछि वा वयस्क, बृद्ध–बृद्धा भइसकेपछि मात्र सिक्नुपर्छ भन्ने धेरैको बुझाई छ । तर, उमेर जति बढ्दै जान्छ, शरीरको लचिलोपन पनि कम हुँदै जान्छ । त्यसैले योग आसनहरु सहजै गर्न संभव हुँदैन । अर्कोतिर वयस्क भइसकेपछिको अवस्थामा कतिपय रोग लागिसकेको हुनसक्छ । यसरी रोग लागेको अवस्थामा पनि स्वतन्त्र ढंगले योग गर्न सकिदैन ।

खासमा योग गर्नु भनेको कुनै रोग निर्मुल बनाउन होइन । बरु शरीरलाई रोग प्रतिरोधी बनाउनु हो । रोग लाग्नै नदिन हो । अतः यसका लागि सबैभन्दा राम्रो त बाल्यकालदेखि नै योग अभ्यास गर्नु हो । यसका केही कारण छन् ।

१) बाल्यकालमा योग गर्न सहज हुन्छ । जस्तोसुकै आसन गर्न संभव हुन्छ ।

२) सानै उमेरमा योग गरेपछि जीवनभर तन्दुरुस्त र निरोगी रहन्छन् ।

३) शरीर लचिलो र फुर्तिलो हुन्छ ।

४) मोबाइल वा टिभीको कुलतबाट मुक्त हुन्छन् ।

५) राम्रो जीवनशैलीमा अभ्यस्त हुन्छन् ।

खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो वा किशोरवयमा हो । अहिले धेरैजसो बुढाबुढी, वयस्कले योग अभ्यास गरिरहेका हुन्छन् । उनीहरु आफ्नो शरीरमा रोग लाग्न थालेपछि योग गर्न थाल्छन् । तर, रोग लाग्नभन्दा अगाडि नै योग अभ्यास गर्नुपर्छ । शरीरलाई रोग प्रतिरोधात्मक बनाउनुपर्छ ।

योग सिक्नका लागि सबैभन्दा पहिलो त आफुले समय निर्धारण गर्नुपर्छ । खासगरी विहानको समयमा योग गर्नु सर्वोत्तम हुन्छ । त्यस्तै साँझमा पनि योग गर्न सकिन्छ । दिउँसो आफुलाई फुर्सद मिलाएर समेत योग गर्न सकिन्छ । अर्थात योग गर्नका लागि कुनै निश्चित समय यही हुनुपर्छ भन्ने छैन । बिहानको समय चाहि सर्वोत्तम मानिन्छ ।

बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । कुनै जटिल रोग लागेको हुँदैन । दीर्घ रोगले समातेको हुँदैन । यो उमेरमा हामीसँग अथाह उर्जा हुन्छ । त्यसैले यतिबेला हामी जस्तोसुकै योगअभ्यास पनि गर्न सक्छौं । जटिल भनिने योगहरुमा पनि आफुलाई निपूर्ण बनाउन सक्छौँ ।

केका लागि गरिन्छ योग ?

१) शारीरिक स्वस्थ्यका लागि

योगले बच्चाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरुको शरीर लचिलो, फुर्तिलो र बलियो हुन्छ । बाल्यकालबाटै फिट एन्ड फाइन राख्नका लागि योग महत्वपूर्ण हुन्छ ।

२) एकाग्रता बढाउँनका लागि

योगले शरीरको विकार हटाउँछ । रक्तप्रवाह सुचारु हुन्छ । जब शरीर स्वस्थ्य हुन्छ, मानसिक रुपले पनि बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यस्तै योग एवं ध्यानले मस्तिष्क र मनलाई एकाग्रता बढाउन सहयोग गर्छ । परिणामतः उनीहरु पढेको कुरा सजिलै स्मरण गर्न सक्छन् ।

३) रोगसँग लड्ने क्षमता बढाउनका लागि

नियमित योगले बच्चाको रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । किनभने योगले आन्तरिक अंगलाई प्राकृतिक रुपमै बलियो र तन्दुरुस्त बनाउँछ । परिणमतः वाह्य रोगले आक्रमण गर्न सक्दैन ।

योग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने काइदा सिक्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि