बैशाख २७, २०८१, बिहीबार
               

दिमाग फूर्तिलो बनाउन मिलिजुली भान्साको काम

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

भान्साको काममा परिवारका सबैले मिलिजुली काम गर्दा भान्साको माहोल रमाइलो हुन्छ । साथसाथै खानामा पनि विविधता र नयाँ स्वाद ल्याउन सकिन्छ ।

एकैथरी स्वाद हामीलाई सधैँ एकैथरी स्वाद मन नपर्न सक्छ । जब परिवारका सबै सदस्यले आआफ्नै ढंगले परिकार बनाइन्छ । यसले स्वादमा समेत फरकपन आउँछ । खाना पस्कने क्रममा होस् वा खाना खाइरहँदा एक कसिमको रोमाञ्चकता पनि हुन्छ ।

भान्साको काम रमाइलो : विभिन्न अध्ययनले के देखाएको छ भने भान्साको कामले कतिपय मानसिक तनाव पनि कम गर्छ । जब तपाईं कुनै मीठो खानेकुरा बनाउने सोच्नुहुन्छ । थरिथरिका सागसब्जी तयार गर्नुहुन्छ । नयाँ नयाँ परिकार बनाउने अभ्यास गर्नुहुन्छ । तपाईंको ध्यान ती परिकारमा केन्द्रित हुन्छ ।

खानेकुरा आफूले भनेजस्तै स्वादको बन्छ आफूले ट्राई गरेको परिकार खाएर अरूले के भन्छन् ? उनीहरू कस्ता स्वादमा रमाउनेछन् ? यस्ता कौतुहलताले खुसी पनि दिन्छ ।

 कसरी परिकार स्वस्थ्य हुन्छ ? कसरी मीठो हुन्छ ? कसरी स्वादमा विविधता ल्याउन सकिन्छ ?  यस्ता कुरामा आफैँ भान्सामा सहभागी भई रमाइलो गरी पकाउन सकिन्छ । 

पाककला :  खाना पकाउनु आफैँमा एक सिप हो । कला हो । यसलाई परम्परागत भाषामा ‘पाककला’ भनिन्छ । अर्थात् कुलिनरी आर्ट ।

कुन खानेकुरा कसरी पकाउने रु कसरी पकाउँदा मीठो हुन्छ ? कसरी पकाउँदा छिटो हुन्छ ? कसरी पकाउँदा स्वस्थ्यकर हुन्छ ? यी ज्ञान खाना पकाउनेसँग हुन्छ ।

साथै, कुनैपनि खानालाई फरक स्वादमा बनाउन सकिन्छ । थरिथरिको परिकारबाट एकैथरि स्वाद निकाल्न सकिन्छ । खाना पकाउनु आफैँमा कला हो । भान्साको काम बोझ होइन, एक कला हो । सिप हो । सिपालु हातले नै मीठो र स्वस्थ्यकर खाना बनाउन सक्छन् ।

पारिवारिक स्वास्थ्यको स्रोत भान्सा : भान्सा भनेको हाम्रो खानाको स्रोत हो । खाना भनेको प्राण हो । खाना नै ती सम्पूर्ण स्रोत हुन्, जसले हामीलाई पोषण दिन्छ ।

त्यसो हो भने हामीले स्वास्थ्य एवं तन्दुरुस्त जीवनका लागि भान्सालाई महत्व दिनुपर्छ । यदि भान्सामा राम्रो खानेकुरा भएन, पकाउने शैली राम्रो भएन, फोहोर भयो भने त्यसले परिवारलाई रोगी बनाउँछ । यी कुरा सबैले बुझेका छन् ।

तर, नबुझेका कुरा के भने, भान्साको काम गृहणीले मात्र गर्नुपर्छ । अर्थात् छोरी–बुहारीले मात्र भात–भान्साको काम गर्नुपर्छ । मानौं, भान्साको काम छोरीबुहारीको पेवा हो ।

यो पुरातन मान्यता हो । घर परिवारमा कामको बाँडफाँट सन्तुलित र न्यायोचित ढंगले हुनुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि