जेठ ०३, २०८१, बिहीबार
               

खागले टोकेर छ घाइते

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT


गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम श्रेष्ठलाई खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए ।

बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गार र उनकी तीन वर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उनले बताए । इन्दिराले आफूहरुलाई खागले टोकेको फोनमार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उनका बाबु लोलानाथ अम्गाईँलाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गाईँले जानकारी दिए ।
 
गम्भीर घाइते चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि