बैशाख २३, २०८१, आइतबार
               

भारतले सहयोगस्वरुप दियो २३ टन औषधि

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले नेपाललाई सहयोगस्वरुप १८ किसिमका २३ टन औषधि उपलब्ध गराएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भारतीय राजदूत विनय क्वात्राले ओषधि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।

विश्वव्यापाी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने औषधि भारतले सहयोग गरेको मन्त्रालयका निर्देशक महेन्द्र श्रेष्ठले बताए ।

भारतले १८ किसिमका २३ टन औषधि दिएको बताउँदै उनले त्यसमा एन्टिबायोटिकदेखि अन्य औषधिहरु रहेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री ढकालले आवश्यक परेको बेलामा भारत सरकारले औषधि दिएकोमा धन्यवाद ज्ञापन गरे ।

नेपालमा वर्षा सुरु हुन लागेकोले वर्षा अगावै थप औषधि आए वर्षाको बेला महामारीसँग लड्न केही सहज हुने समेत बताए।

राजदूत क्वात्राले भारत सरकारले दिने दोस्रो लटको औषधि केही समयपछि आउने बताए। त्यसका लागि आन्तरिक तयारी भइरहेको उनले बताए।

नेपालले कोरोनाको संक्रमण रोकेकोमा उनले प्रशंसा गरे।


कस्तो लाग्यो ?

यो पनि