बैशाख १५, २०८१, शनिबार
               

लकडाउन बिस्तारै खुकुलो गर्दा हुन्छ : विश्व स्वास्थ्य संगठन

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

कठमाडौं । विश्व स्वास्थ्य संगठन (पश्चिमी–प्रशान्त) का ताकेशी कसाईले लकडाउन बिस्तारै हटाउँदा हुने बताएका छन् । 

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले जुन सरकारले लकडाउन हटाउन चाहन्छ, उनीहरुले बिस्तारैबिस्तारै हटाइ लगातार निगरानी बढाउँदा हुने बताएका छन् । 

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले केही समयअघि जबसम्म कुनै भ्याक्सिन बन्दैन वा उपचारको प्रभावकारी तरिका नखोजिए लकडाउन हाम्रो लागि न्यू नर्मल हुनुपर्ने बताउँदै यसले फाइदा पु¥याएको प्रमाण नभेटिएको बताएका थिए । 

डब्ल्यूृएचओले पनि हतार गरेर वा सही समयअगावै लकडाउन हटाए कोरोना संक्रमण बढ्ने चेतावनी दिएको थियो ।

कोरोना भाइरसको जोखिम कम गर्न भन्दै धेरै देशले लकडाउन गरेको निकै लामो समय भएको र अब खुलाउनुपर्छ भनी मनसाय बनाइरहेका बेला संगठनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो ।

यो पनि