काठमाडौं ।‘सेन्ट्रल जेल’ काठमाडौंका एक दर्जनभन्दा बढी कैदीबन्दीलाई ज्वरो आएको छ । स्रोतका अनुसार ज्वरो आउनेकाे संख्या हरेक दिन थपिने क्रममा छन् । शुक्रबारसम्म ज्वरो आउनेकाे संख्या १३ पुगेकाे छ ।
उनीहरूको चेक जाँच हुन नसक्दा के कारणले ज्वरो आएको हो भन्ने यकिन हुन सकेको छैन । यसकै कारण कैदी–बन्दीहरूमा कोरोनाको त्रास बढेको छ ।
ज्वरो आउनुको कारण के हो ? जेल प्रशासनका अनुसार चेक जाँच नभएकाले भन्न सकिने अवस्था छैन । सरकारको तर्फबाट कुनै पहल नभएको पनि कैदी–बन्दीको आरोप छ ।
सेन्ट्रल जेलमा मात्र अहिले १८ सय ७० जना कैदीबन्दी रहेका छन् ।