जेठ ०१, २०८१, मंगलबार
               

हल्लाको पछि नलाग्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाको आग्रह

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोरोना भाइरसको संक्रमित भएको भन्ने तथ्यहीन हल्लाको पछि नलाग्न आग्रह गरेकी छन् । काठमाडौंमा भएको आयोजित एक कार्यक्रममा उनले बिहीबार यस्तो बताएकी हुन् । 

‘रोगको सम्भावित लक्षण देखिएका बिरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको, तर कसैलाई पनि कोरोना (कोभिड–१०) फेला परेको छैन,’ उनले भनिन्, ‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ ।’ 

दिन प्रतिदिन परीक्षणमा आउनेको संख्या बढे पनि संक्रमित भने नभेटिएको उनले बताइन् । साथै, यसअघि परीक्षणबाट संक्रमित भएका भनिएका व्यक्तिसमेत स्वस्थ भइसकेको उनले बताइन् । 

साथै, उनले कोरोना भएको जो कोहीलाई पनि परीक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिइन् । त्यस्तै, इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइसकिएको बताएका छन् । 

उनले काठमाडौंमा सयभन्दा माथि आइसोलेसन कक्ष निर्माण गरिएको जानकारी दिए । साथै, पाण्डेले कसैलाई कोरोनाको शंका लागेमा वा समस्या भएमा तथा कुनै समस्याको जानकारी दिन परेमा १११५ मा तत्काल कल गर्न आग्रहसमेत गरेका छन् ।

यो पनि