जेठ ०५, २०८१, शनिबार
               

गर्मीमा कसरी स्वस्थ रहने ?

एजेन्सी
चैत ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । गर्मी बढेसगैँ हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छिपना, आलस्यता तथा उर्जाको कमी जस्ता लक्षणहरु देखिने गदर्छ ।

त्यसै कारण, हामीले सावधानी अपनाउनु पर्दछ । गर्मी मौसममा हामी कसरी फिट रहने भन्ने सोचमा हुन्छैँ । हामीले गर्ने हरेक क्रियाकलापबाट हाम्रो शरीर फुर्तिलो बनाइराख्न सक्छौं, आलस्यतालाई हटाउन सक्छौं ।

गर्मी मौसममा हामीले  खानपिनको तालमेल मिनाउन सकियो भने, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी बन्न सक्छौँ ।

गर्मी मौसम सुरु भए पछि ताजा खाना खानुपर्छ र व्याम पनि नियमित रुपमा गरिरहनु पर्दछ । गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ ।

गर्मी मौसममा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ । विहान उठेपछि एक गिलास मन तातो पानीमा  कागती र एक चम्चा मह मिसाएर खानु पर्दछ । यसले तपाइको शरीरलाइ दिनभरी फुर्तिलो बनाइ राख्दछ ।

धेरै लामो समय सम्म खाली पोट बस्नु हुदैन किन भने  पोषक तत्वको कमी हुन पुग्दछ ।

गर्मी याममा चिया कफी कमै सेवन गर्नुपर्छ । खाना खानु भन्दा अगाडि वा दिउसोको समयमा आइस जुस दही लस्सी सातु कागती पानी वेल सर्वत नरिवल पानी उखुको जुस पिउनु उपयुक्त्त हुन्छ ।

गर्मी मौसम सुरु भएपछि आफ्नो घरमा जीवनजल पुदिना ग्लुलकोज जस्ता कुरा राख्नुपर्छ । मिठाइ खान मन लाग्यो भने गुलियो फलफुल खानु पर्दछ । यसले तपाइको मिठाइको स्वाद दिन्छ सा‍थै मोटो पन बढाउन दिदैँन् ।

घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुदैँन् । जङ्ग फुड बाट सावधान रहनुपर्दछ । गर्मी याममा सब्जी खादा क्यालोरी कम वा पानीको मात्रा धेरै भएको  पचाउन सहज हुने खानु उपयुक्त हुन्छ ।

गर्मीमा कसरी फिटनेस बनाइराख्ने ?

गर्मीमा हामीलाई राम्रो लुगा लगाएर हिड्न मन पर्छ त्यसका लागि हाम्रो शरीर फिट र स्मार्ट हुनु पर्दछ । यसका लागि बिहान सबेरै उठेर योगा वा एक्ससाइज गर्नु र साँझपख हिड्नु राम्रो हुन्छ  ।

बिहान ५, ६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५, २० मिनेटको हिंडाई पनि राम्रो हुन्छ । गर्मीमा दैनिक रुपमा तीन लीटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यास गर्नु भन्दा  पहिला र पछि पानी वा तरल पदार्थ पिउनु पर्छ ।

खाना खाइसकेपछि सुप वा फलफुल खानुपर्छ यसले खानालाई व्यालेन्समा राख्ने गर्दछ । खानामा मसला प्रयोग कमै मात्रामा गर्नुपर्दछ ।
प्यकेटको वा डब्बामा बनाइने अचार भन्दा ताजा बनाएर खानु उपयुक्त हुन्छ । साथै डब्बामा राखेको जुसबाट पनि जोगिनुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि