मंसिर ०७, २०८१, शुक्रबार
               

२ सय ३५ वटा आईसीयु वेड थप्ने सरकारको तयारी

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै भयभीत र आतंकित नहुन सबैलाई अपिल गरेको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका प्रयास बारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइसियूकाे स‌ंख्या थप गर्ने बताए ।

संभावित जोखिमलाई मध्यनजर गरि सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आईसीयु वेड थप्ने तयारी गरेको उनले स्पष्ट पारे । हाल काठमाण्डौमा १ सय ७० वेडको आईसियु संञ्चालनमा छन् । उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आईसीयुको व्यवस्था तत्काल गर्ने काममा भइरहेको उनले स्पष्ट पारे ।

त्यसैगरी १ सय ५५ वटा आईसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रीत भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरि आवश्यक व्यवस्था मिलाउने गरि आअवश्यक औषधी र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको स्पष्ट पारे ।


कस्तो लाग्यो ?

यो पनि