जेठ ०५, २०८१, शनिबार
               

सिडिओ र डाक्टरहरूलाई जिल्ला नछाड्न निर्देशन

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

काठमाडौं– सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएकाे छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सिडिओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सबै रणनीतिहरू बनाएर आवश्यक सावधानी अपनाएको तथा सतर्क रहन आग्रह गरेका हुन् । 

साथै, विदेशबाट आउने नेपालीलाई १४ दिनसम्म होम क्वारेन्टाइन राखिने र होम क्वारेन्टाइनमा रहेन बिरामीहरूलाई ज्वरो नाप्ने उपकरण दिइने मन्त्री ढकालले बताए ।  नेपाल आउने विदेशीले पनि अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने मन्त्री ढकालले बताए ।


कस्तो लाग्यो ?

यो पनि