जेठ ०८, २०८१, मंगलबार
               

योग गर्दा यी कुरामा ध्यान दिनुस्

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउँछ । योग गरेर स्वस्थ रहन जोकोही चाहन्छ । सबैलाई योग गर्ने विधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । त्यसैले यी कुरामा ध्यान दिनुस् 

  • सधैँ खाली पेटमा योग गर्नुस् ।
  • योगाभ्यासपछि लगभग आधा–एक घन्टापछि मात्रै खाना खानुस् ।
  •  योग गर्दा कहिल्यै टाइट र कस्सिएको कपडा लगाउनु हुँदैन । सधैँ खुकुलो पहिरन लगाएर योग गर्नुभयो भने ध्यान एकीकृत हुन सहज हुन्छ ।
  • योग गर्ने समय निरन्तर एक खालको चुज गर्नुस् । बिहान ६ बजे योग गर्नुहुन्छ भने अन्य दिन पनि यही समय गर्दा राम्रो हुन्छ ।
  • मानिसले आधा घन्टादेखि एक घन्टासम्म योग गर्ने गरेका छन् । स्वस्थ रहनका लागि २० देखि डेढ घन्टासम्म योगाभ्यास गर्न सकिन्छ ।
  • योग गर्दा डिस्टर्ब हुने ठाउँमा कहिल्यै बस्नु हुँदैन । बाहिरको डिस्टर्बले योगाभ्यासमा बाधा पुर्‍याउँछ । सोही कारण सधैँ शान्त वातावरणमा योग गर्नुपर्छ ।
  • योगाभ्यास गर्दा सधैँ सहज तरिकाले गर्नुपर्छ । जुन आसनमा योगाभ्यास गरे पनि शरीरलाई जबर्जस्ती हिसाबले गर्नु हुँदैन ।
  • दिसापिसाब गरेर मात्रै योगाभ्यास गर्नु राम्रो हुन्छ ।
  • कुनै पनि खालको अप्रेसन गरेका बिरामीले तत्कालै योगाभ्यासमा बस्न हुँदैन । योग गर्नैपरे चिकित्सकको सल्लाहपछि मात्रै गर्नुपर्छ ।

कस्तो लाग्यो ?

यो पनि