जेठ ०८, २०८१, मंगलबार
               

शरीरलाई स्वास्थ्य र स्वच्छ राख्ने प्राकृतिक विधि

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

मानिसको शरीरमा वातावरणीय असरको कारण विशुद्ध भइरहेको हुन्छ । हामीले प्रयोग गर्ने सामग्री खानेपानी खाना, हामीले फेर्ने  सास हावा सबै अस्वस्थ्य छन् , त्यसैका कारण हामीले लिने तनावले हामीमा मानसिक दबाब बढाएको छ ।

यी सबै कुराहरु हाम्रो शरीरभरी फैलिएर बसेका छ । यसबाट विभिन्न किसिमको रोगले सजिलौँ आक्रमण गर्न सक्ने हुन्छ ।

हाम्रो शरीरमा हुने खराब तत्व हटाई चुस्त बनाउन आवश्यक पर्छ । यस्ता तत्वलाई शरीरबाट प्राकृतिक रुपमा हटाई शरीर शुद्धीकरण पनि गर्न सकिन्छ ।

तपाईले कहिलेकाहीँ थकाई वा कमजोर महसुस गरिरहनु भएको छ, वा त्यसको अर्थ तपाईको लागि कफी वा चिया चाहियो कि भन्ने होइन यो त तपाईको शरीरलाई शुद्ध पार्ने एक मौका हो । 

अब हाम्रो शरीरलाई प्राकृतिक रुपमा स्वस्थ्य कसरी राख्ने भन्ने कुरालाई हामीले ध्यान दिनु पर्छ , स्वस्थ्य र स्वच्छ रहन शरीरमा रहेका खराब तत्वलाई हटाउन सुख्खा ब्रशले शरीर सफा गर्ने , सुख्खा ब्रशले सफा गर्दा छालमा रहेका मृत कोष हट्ने गर्दछन् ।

यसबाट छालाका साना प्वालहरु खुल्छन् र यहाँबाट भित्रका हानिकारक तत्वहरु बाहिरिन सक्छन् । साथै यसो गर्दा शरीरलाई राम्रो मसाज पनि हुन्छ ।

यसले रक्तसञ्चार पक्रिया पनि सक्रिया रहन्छ , यसैगरी बेलाबेलामा प्रकृतिक तेल लगाउनु पर्छ , निन्द्रा पुरा गर्ने, विहानको समयमा छिट्टो उठने र योगा गर्ने गर्नु पर्दछ यसरी आफ्नो शरीरलाई स्वस्थ्य राख्न सकिन्छ , 
 
मानिसका शरीरलाई स्वस्थ्य राख्न खानपिनमा पनि ध्यान दिनु पर्दछ बजारमा पाइने जंक फूड तरकारी मासु दुग्ध उत्पानभन्दा पनि घरमौ  बनाइएका खानेकुरा र तरकारी खाने बानी बसाल्नु पर्दछ यसले शरीलाई हानिकारक तत्व प्रवेश हुन बाट बचाउछ ।

घरमा सम्वभ नहुने सामग्री कम रसायन भएका खानेकुरा पहिचान गरी खानु पर्दछ ।  


कस्तो लाग्यो ?

यो पनि