जेठ ०८, २०८१, मंगलबार
               

चिसापानीमा ‘हेल्थ डेस्क’ स्थापना

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।

लम्कीचुहा नगरपालिकासँगको समन्वयमा  प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सो कक्ष सोमबारदेखि सञ्चालनमा ल्याएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

उक्त कक्षमा दुई  स्वास्थ्यकर्मी खटाइएको भएपनि आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने उनले बताए ।

सोही मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाको टोलीले टीकापुर अस्पताल र खक्रौंला नाकामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको अनुगमन गरेको छ ।

सो अस्पतालमा छु्टै १५ आइसोलेसन वार्ड स्थापना भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टको अध्यक्षतामा सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले कोरोनाको संक्रमण प्रदेशमा पनि देखिन सक्ने जोखिमलाई  ध्यान दिँदै पहिचान, उपचार, रोकथाम र व्यवस्थापन गर्न  विभिन्न ११ वटा निर्णय गरेको थियो  ।


कस्तो लाग्यो ?

यो पनि