जेठ ०८, २०८१, मंगलबार
               

मागअनुसार आपूर्ति नहुँदा मूल्य बढ्नु स्वाभाविक : भट्ट

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन् । 

‘चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्न आवश्यक छ,’ उनले भने, ‘तर सामान आइरहेको छ । तर, केही सतर्कता अपनाइएको छ ।’ 

मान्छेबाट मात्र नभई अन्य सामानका कारण पनि कोरोना मानिसमा सर्ने भएकाले केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उनले बताए । 

सोमबार राजधानीमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताएका छन् ।

साथै, उनले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताएका छन् । उनले संकटकालै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै श्वेतपत्र जारी हुने बताए । यद्यपि संकटकालै घोषणा गर्नुप‌र्यो भने त्यतिबेला श्वेतपत्र जारी हुने उनले बताए । 

मन्त्री भट्टले उपभोग्य सामानहरू माग बढ्दा केही मूल्य बढ्नु स्वाभाविक भएको बताउँदै कालोबजारी हुन नदिने प्रतिबद्धता जनाए । 
बजारमा मागअनुसार उत्पादन हुने सामान एक्कासि माग बढ्दा केही मूल्य बढ्नु स्वाभाविक भएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि