जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

नेपाल फ्ल्यास
फागुन २५, २०७६

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

प्रधानमन्त्रीको पाँच दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबार प्रधानमन्त्रीलाई सन्तुलित आहार दिन थालिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको जनाएका छन् । त्यसैगरी उनलाई सन्तुलित आहार दिन थालिएको पनि उनले उल्लेख गरेका छन् ।

उनको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि