बैशाख २१, २०८१, शुक्रबार
               

मुगुले उत्तरी चीनकाे सीमा नाकामा हेल्प डेस्क राख्ने

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

काठमाडौं । छिमेकी मुलुक चीनको सीमानामा मुगुले हेल्प डेस्क राख्ने भएको छ । मुगुले छिमेकी देश चीनबाट शुरु भएको ‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुले चीन–नेपाल सीमानामा हेल्प डेस्क राख्न लागेको हो । शुक्रबार बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले  चीनकाे सीमा नाकामा हेल्थ डेस्क राख्ने  निश्चित गरेकाे हाे ।

जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर रोकायले हुम्लाबाट भित्रिने जिल्लाको सिमाना छायाँनाथ रारा नगरपालिका–१२ बामगाउँमा, जुम्लाबाट भित्रिने नाका छायाँनाथ रारा नगरपालिका–७ पिनागाउँमा, हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमा, बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा र चीनको सिमाना नजिकपर्ने गाउँ मुगुमा हेल्प डेस्कको स्थापना गरी जाँच गरिने निर्णय गरिएको बताए । 

उनले कोरोनाकाबारे पालिकास्तरमा पनि सचेतना कार्यक्रम गर्न पालिकालाई पत्रचार गरी सचेतना कार्यक्रम गर्न निर्दे्शित गरिएको छ । यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने भएकाले सतर्कता अपनाउनसमेत समन्वय प्रमुख रोकायाले आग्रह सबैमा आग्रह गरे । 
प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले कोराना भाइरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचेत हुन आआफ्नो क्षेत्रबाट बच्ने उपायबारेमा पर्चा, पम्पलेट टाँसी प्रचारप्रसार गर्नुपर्ने र ग्रामीणस्तरसम्म सरसफाइमा ध्यान दिन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम गर्न सबैमा आग्रह पनि गरे । 

उनले कोरानाभाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुगुले पनि एक सूचना जारी गरी फागुन २८ गतेदेखि जिल्लाको सोरु गाउँपालिकाको सोरुकोटमा हुने एकीकृत घुम्ती शिविर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।

नजिकै आएको फागुपूर्णिमा (होली) पर्व नमनाउन अनुरोध गर्नुका साथै, भेला गोष्ठी, सेमिनार मेला महोत्सव, जात्रालगायत कार्यक्रम नर्गन आग्रह गरिएको छ । 

साथै, निरौलाले अतिआवश्यक कामबाहेक लामो यात्रा नगर्न वा घर बाहिर जानैपर्ने भएमा आवश्यक सावधानी अपनाएर निस्कन, हात मिलाउँदा, नजिक बस्दा, हिँड्दा, बोल्दा हावाको माध्यमबाट सर्ने हुनाले साथीभाइसँग भेटघाट हुँदा हात नमिलाउन, टाढैबाट नमस्कार गर्न, मास्कलगाउन र साबुनपानीले नियमित हात धुन, भीडभाडमा नबस्न तथा नजान र सभासम्मेलनजस्ता कार्यक्रमन नगर्न आग्रह गरिएकाे बताए ।  
 


कस्तो लाग्यो ?

यो पनि