जेठ ०८, २०८१, मंगलबार
               

मोटोपन घटाउन उपयोगी अदुवा

एजेन्सी
फागुन २४, २०७६

ADVERTISEMENT

हाम्रो भान्सामा अनेक खालका ओखती पाइन्छ । अदुवा एउटा त्यस्तो कृषि उपज हो, जसका फाइदा अनेक छन् । मोटोपन मानिसको समस्या बन्दै गएको छ । शारीरिक व्यायाम बिनाको जीवनशैलीमा अदुवा एक उपयोगी बस्तु हो ।

यसमा फाइबर, क्याल्सियम, पोटासियम, एन्टिआक्सिडन्टहरू हुन्छन् । जसले शरीरलाई स्वस्थ राख्न धेरै सहयोग पुर्‍याउने गर्दछ । यसको सेवनबाट स्वास्थ्यमा लाभ पुग्दछ । दिनहुँ अदुवाको पानी पिएर पेटको पाचन प्रकियालाई बलियो बनाउन सकिन्छ । यसको प्रयोगले पेट सम्बन्धी धेरै समस्याहरू केही दिनमै समाधान हुन जान्छ । अदुवा पानी पिउनाले पेट पोल्ने समस्या कम हुन्छ ।

मधुमेहमा फाइदा

अदुवाको सेवनले मधुमेहका बिरामीलाई फाइदा पुग्छ । अदुवा पानीमा जिङ्कको मात्रा धेरै हुन्छ। यसले शरीरमा इन्सुलिनको मात्रा बढाउँदछ, जसले मधुमेह बिरामीहरूको चिनी स्तर नियन्त्रण राख्छ ।

बोसो घटाउन सहयोगी

अदुवाले मानिसमा भएको बोसोपन पनि घटाउँछ । अदुवा पानीको नियमित सेवनले रगतमा चिनीको मात्रा पनि सन्तुलित गर्दछ । यसले शरीरको बोसो काट्ने काम गर्दछ । अदुवाको पानीमा क्यालोरीको मात्रा शून्य हुन्छ । मोटोपना भएका मानिसहरूले अदुवा पानी खानमा ध्यान दिँदा उपयोगी हुनेछ ।

दुखाइमा कमी

एउटा अध्ययनका अनुसार दिनहुँ मनतातो पानीमा अदुवाको रस पिउँदा दुखाइ कम हुन्छ । अदुवामा हुने विशेष तत्त्वले पेट वा शरीरको दुखाइ कम गर्न सहयोगी काम गर्छ ।

मांसपेशी बलियो बनाउँछ

जब हामी व्यायाम गर्छौँ, त्यस बेला हाम्रो मांसपेशीहरू दुख्छन् । उनीहरूको सेप बिग्रिएर पनि दुख्ने गर्दछ । त्यति बेला दुखाइ कम गर्न अदुवा पानी उपयोगी हुन सक्छ । यसले मांसपेशीहरू सबल बनाउने सहयोग पुर्‍याउँछ ।

यदि तपाईँलाई पनि यस्ता कुनै समस्या भए मनतातो पानीमा अदुवाको रस पिउने गर्नुस् । सामान्य अवस्थामा पनि अदुवा पानी पिउँदा फाइदा नै हुन्छ ।

 


कस्तो लाग्यो ?

यो पनि