जेठ ०५, २०८१, शनिबार
               

नेपालसँग तीन महिनालाई पुग्ने औषधि छ: औषधि उत्पादक संघ

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

नेपाल औषधि उत्पादक संघले नागरिकलाई कम्तीमा ३ महिना औषधिका कारण नअत्तिन आग्रह गरेको छ । 

संंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा हालै नेपालले औषधिका लागि विदेशीसँग अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताए । 

‘हामी निजी औषधि उद्योगसँग सरकारले सहकार्य र सहयोग गरे मात्र पुग्छ,’ विज्ञप्तिमा उल्लेख छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नीतिगत रुपमा देशलाई औषधिमा आत्मनिर्भर बनाउने भनेर लेख्ने तर नेपालमै बन्न सक्ने औषधिका विदेशी कम्पनीलाई अनुनय विनय गर्ने कार्यले हामी समग्र औषधि उद्योगीलाई थप नमिठो अनुभव भएको छ ।’ 
 


कस्तो लाग्यो ?

यो पनि