जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न कति समय लाग्छ ?

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण हुँदैछ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले बिहान ९ बजे प्रत्यारोपण शुरु गरेको छ । 

यसअघि ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

प्रधानमन्त्री ओलीलाई उनी भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला कोइरालाले मिर्गौला दिएकी छिन् ।

बिहान ९ बजे ओलीको सल्यक्रिया सुरु भएको हो । । झन्डै २ घण्टामा सल्यक्रिया सकिने अस्पताल स्रोतले जानकबारी दिएको छ ।

दुई घण्टामा सल्यक्रिया सकिए पनि होसमा आउन अनुमानित पाँच घण्टा लाग्ने गर्छ । त्यसपछि नै सल्यक्रिया सफल भए नभएको थाहा हुन्छ । 

यसैबीच, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले सार्वजनिक गर्ने बुलेटिन बाहेक अरु विवरण सार्वजनिक नगर्न सबैलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । 

सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुनेछन् । 


कस्तो लाग्यो ?

यो पनि