जेठ ०८, २०८१, मंगलबार
               

आज प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण, भारतका चिकित्सक पनि काठमाडौंमा

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ ।
 
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।

बुधबार बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरिने बताइएको छ ।

प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जानकारी दिएको छ । 

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । 

सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । 

प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उहाँको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिङ्गो मुलुकले व्यग्र्रतापूर्वक प्रतीक्षा गरिरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला कोइरालाले मिर्गौला दिँदैछिन् । 

यसअघि ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

त्यतिखेर मिर्गौला प्रत्यारोपण गरेका एपोला अस्पतालका चिकित्सक प्रा. डा. अनन्त कुमार पनि एक साताको लागि काठमाडौं आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि