बैशाख २३, २०८१, आइतबार
               

दुई औषधि बिक्री वितरणमा रोक

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । औषधि व्यवस्था विभागले ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस ( मेट्रोनिडाजोल) र १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सनको बिक्री वितरणमा रोक लगाएको छ । 

विभागले मंगलबार सूचना निकालेर आज सूचना निकालेर यी दुई औषधिमा बिक्री वितरणमा रोक लगाएको हो । विभागले रोक लगाएका औषधिमा आवश्यक गुणस्तरमा शंका उत्पन्न भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि बिक्री वितरणमा रोक जनाएको छ । 

जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रियाको क्रममा उक्त औषधि प्रयोगका कारण संक्रमण भएको पुष्टि भएपछि बिक्री तथा वितरणमा रोक लगाएको औषधि विभागले जनाएको छ । 

विभागले रोक लगाएका दुवै औषधि भारतीय कम्पनीबाट उत्पादित औषधि हुन् । मेट्रिस नामक औषधिओटसुका फर्मास्युटिकल्स इन्डिया प्रालि, इन्डियाको हो । त्यसैगरी अर्को सोडियम ल्याकटेट एक्युलाइफ हेल्थकेयर प्रालि इन्डिया कम्पनीद्वारा उत्पादित औषधि हो । 

विभागले बिक्री वितरणमा रोक लगाएका औषधिमा गुणस्तरलगायत अन्य कुराका लागि थप अनुसन्धान, जाँचबुझ तथा परीक्षण भइरहेको जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि