जेठ ०४, २०८१, शुक्रबार
               

पैसाबाट पनि सर्नसक्छ कोभिड-१९

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

पैसाबाट कोभिड–१९ , कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले कोराेना प्रभावित क्षेत्रमा ६ सय विलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको छ ।

प्रभावित क्षेत्रका अस्पताल, बजार र यातायातमा संकलित नोट नष्ट गरिएको छ । न्युयोर्क विश्वविद्यालयले यसअघि गरेको अध्ययनअनुसार झन्डै तीन हजारभन्दा बढी किसिमका ब्याक्टेरिया पैसाका माध्यमबाट सर्न सक्छन् ।

अमेरिकामा प्रत्येक वर्ष ३६ हजार व्यक्तिले विभिन्न फ्लुका कारण ज्यान गुमाउँछन् । जसमध्ये करिब १० प्रतिशत ब्याक्टेरिया पैसाका माध्यमबाट एकबाट अर्कोमा सर्ने गरेको पाइएको छ ।  

झन्डै १७ दिनसम्म नोटमा फ्लु जीवित रहने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने चिकित्सकहरु बताउँछन् । संक्रमित व्यक्तिको सम्पर्क हुँदै सयौँको हातमा पैसा स्थानान्तरण भइरहेको हुन्छ । यसले विभिन्‍न ब्याक्टेरिया तथा भाइरस पनि सँगै बोकेर ल्याएको हुन्छ ।

पैसाबाट भाइरस सर्न नदिन सचेत हुन आवश्यक हुन्छ । पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन । फोहोर हातले पैसा चलाउनु हुँदैन र बच्चाबाट समेत टाढा राख्नुपर्छ । 


कस्तो लाग्यो ?

यो पनि