जेठ ०५, २०८१, शनिबार
               

मोबाइल चार्ज गर्दा यी कुरामा ध्यान दिनुस्

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

जाथाभावी फोन चार्ज गर्दा बिग्रने खतरा हुन्छ । त्यसैले  फोन चार्ज गर्दा केही कुरा ध्यानमा दिन अत्यावश्यक छ । 

चार्जरको प्रयोग 

लोकल कम्पनीको सस्तो चार्जरबाट फोन चार्ज गर्नबाट बच्नुहोस् । यस्ता कम्पनीले सुरक्षालाई ध्यानमा राख्दैनन् ।
जुन चार्जर फोनसँग आएको छ, त्यो चार्जरमात्र प्रयोग गर्नुहोस् । ओरिजिनल चार्जर छैन भने यस्ता चार्जरको प्रयोग गर्नुहोस् जसको रेटिङ ओरिजिनल चार्जर जत्तिकै छ ।

फास्ट चार्जर प्रयोग नगर्नुस्
फोनलाई सधैं फास्ट चार्जरले चार्ज नगर्नुहोस् । फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रि हायर भोल्टेजमा जान्छ । यसले तापक्रम तीब्र रुपमा बढ्छ ।

रातभरी फोनलाई चार्जमा राखेर नछोड्नुहोस्

फोनलाई कहिले पनि रातभरी चार्जमा नराख्नुहोस् । यसो गर्दा फोन अत्यधिक चार्ज हुन्छ र ब्याट्रि बिग्रन्छ ।

फोनको कभर निकाल्नुहोस्

फोन चार्ज गर्दा कभर निकाल्नुहोस् । कभरले ब्याट्रिको तापक्रमलाई प्रभावित गर्दछ ।

कम्तीमा पनि फोनलाई ८० प्रतिशत चार्ज गर्नुहोस्

जतिबेला तपाईं फोनलाई चार्ज गर्नुहुन्छ फोनलाई कम्तीमा पनि ८० प्रतिशत चार्ज हुन दिनुहोस् । सधैं ब्याट्रि शत प्रतिशत नै चार्ज हुनुपर्छ भन्ने छैन ।

फोनलाई पटक पटक चार्ज गर्नबाट बच्नुहोस्

पटक–पटक चार्ज गर्दा ब्याट्रिको लाइफ कम हुन्छ । त्यसैले सधैं चार्जमा राख्ने वा फोन चार्ज गरिरहने नगर्नुस् । फोन २० प्रतिशतबाट ओरालो लाग्न थालेपछि चार्ज गर्नुहोस् ।


कस्तो लाग्यो ?

यो पनि