जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

नेपाल फ्ल्यास
फागुन १९, २०७६

फाइल फोटो
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि ओली सोमबार साँछ ६ बजेर २० मिनेट जाँदा अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना हुनुअघि उनले भिडियो सन्देश दिएका थिए । 

उनले उपचारपछि थप उर्जाका साथ काममा फर्किने जनाएका थिए । प्रधानमन्त्रीले उपचारपछि छिट्टै थप विश्वास र उर्जा लिएर काममा फर्किने जनाएका छन् । यसबीचमा सरकारी कामकाज सहज रुपमा हुने प्रधानमन्त्रीले भनेका थिए । 

प्रधानमन्त्रीले राम्रो खेलाडीले खेलको बीचमा नछाड्ने भन्दै आफूले पनि मैदान नछोड्ने सन्देश प्रष्टसँग दिएका थिए । प्रधानमन्त्रीले आफूले जागृत हुँदै गरेका सपनाहरूलाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न भनेका थिए । उनले 'संसारमा कोही अजम्बरी नभएको भन्दै जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि भनेर बुझ्नु हुनेछ' भनेका थिए ।

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैमा आभारसमेत व्यक्त गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि