जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्रीलाई कसले दिँदै छन् मिर्गौला ?

नेपाल फ्ल्यास
फागुन १८, २०७६

फाइल फोटो
ADVERTISEMENT

१३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रत्यारोपणको तयारी गरेका छन् ।

त्यसका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै छन् । अमेरिकामा मिर्गौला प्रत्यारोपण गराउने सोचमा रहेका प्रधानमन्त्रीले अन्तिम समयमा स्वदेशकै अस्पताल रोजेका हुन् । 

सत्तासीन नेकपाभित्रको राजनीतिमा उतारचढाव आएपछि उनी स्वदेशमै उपचार गराउने पक्षमा लागेका हुन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदै छन् । 

१३ वर्षअघि ओलीको भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यस पटक भने स्वदेशमै उनले मिर्गौला प्रत्यारोपण गर्ने भएका हुन् ।

प्रधानमन्त्रीलाई नातामा भान्जी पर्ने झापाकी समीक्षा सङ्ग्रौलाले मिर्गौला दिने बालुवाटार स्रोतले जनाएको छ । 

पहिलो पटक ओलीलाई बुहारी पर्ने अनजान घिमिरेले मिर्गौला दिएकी थिइन् । २२ वर्षको उमेरमा १५ महिनाको छोरा हुर्काइरहँदा अन्जानले एउटा किड्नी दिएकी थिइन् ।

प्रधानमन्त्रीको उपचार डा. दिव्यासिंह शाह नेतृत्वको टोलीले गर्ने छ । उनी प्रधानमन्त्रीको निजी चिकित्सक हुन् । डा. प्रेम ज्ञवालीले ओलीको मिर्गौला प्रत्यारोपण गर्ने छन् । बुधवार नै ‌ओलीको मिर्गौला प्रत्यारोपण गरिने छ ।

 


कस्तो लाग्यो ?

यो पनि