जेठ ०८, २०८१, मंगलबार
               

पत्याउनुस् या नपत्याउनुस् , छोरीभन्दा आमा तरुनी

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

क्यालिफोर्नियाकी एक सुन्दरी आफ्नी १९ वर्षीया छोरीभन्दा जवान देखिएकी छिन् । ४३ वर्षीया जोलिन डियाजलाई सामाजिक सञ्जालमा संसारकै हटेस्ट मम’ को संज्ञा दिइएको छ । उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरमा लाखौँले उनलाई छोरीभन्दा पनि जवान देखिएको बताउने गरेका छन् ।

कतिले त आमा–छोरीलाई दिदी–बहिनी जस्तो देखिने गरेको टिप्पणी गरेका छन् । प्राथमिक स्कुलकी शिक्षिका जोलिनले निकै सानो उमेरमा छोरी मिलानीलाई जन्म दिइन् । छोरी हुर्कंदै गर्दा कतिले जोलिनलाई आमा छोरी त दिदी बहिनीजस्तो देखिने भन्न थाले । उनलाई यो सुन्ने बानी नै परिसकेको जोलिन बताउँछिन् ।

उनी ४३ वर्षको उमेरमा पनि निकै जवान देखिन्छिन् । यसका लागि आफूले स्किन केयरका लागि पारम्परिक शैली अपनाउने गरेको बताउँछिन् ।

‘म मेरो छालाको हेरविचार परम्परागत तरिकाले गर्छु । म दैनिक बिहान र राति सुत्नुअघि मुख धुन्छु,’ जोलिनले एक अन्तर्वार्तामा भनिन् । ‘मैले निकै सानो उमेरदेखि नै आफ्नो छालाको हेरविचार गर्न सुरु गरेँ, लगभग १२, १३ वर्षदेखि । मेरी आमाले आफ्ना लागि सामग्री किन्नुहुन्थ्यो र मैले कसैले थाहा नपाउने गरी आमाका स्किन केयर प्रोडक्ट प्रयोग गर्न थालेँ, त्यसको प्रभाव अहिलेसम्म पनि देखिरहेको छ ।’

‘सुन्दर छालाले मलाई आत्मविश्वास प्रदान गरेको छ,’ उनले भनिन् । छोरीलाई एक्लैले हुर्काएकी आमाले मिलानीले पनि १२ वर्षको उमेरदेखि नै स्किनकेयर रुटिन फलो गर्दै आएको बताएकी छिन् ।

छालाको हेरविचार गर्नुका साथै अन्य केही कुरा छन् जसले जोलिनलाई जवान देखाएको छ । उनी व्यायाम गर्छिन्, सन्तुलित र स्वस्थ भोजन ग्रहण गर्छिन्, पर्याप्त मात्रामा आराम गर्छिन् । यसका साथै उनी विगत र भविष्यबारे खासै चिन्ता गर्दिनन् ।

यो पनि