जेठ ०८, २०८१, मंगलबार
               

खरिपाटी क्वारेनटाइनको रिपोर्ट सोमबार आउँदै, नेगेटिभ देखिए घर पठाइने

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमितमा कोरोना नेगेटिभ देखिए घर पठाउने बताएका छन् । 
उनले खरिपार्टी क्वारेनटाइनमा रहेकाहरुमा कोरोना परीक्षणको नतिजा नेगेटिभ देखिए सोमबार घर पठाउने बताएका हुन् । 

‘सोमबार दिउँसोसम्म नतिजा आइपुगे क्वारेन्टाइनमा रहेका १ सय ७५ जनालाई साँझ घर पठाउँछौ,’ प्रवक्ता देवकोटाले भने, ‘तर, एकजनामा पनि कोरोना भाइरसको संक्रमण देखिए संक्रमित व्यक्तिलाई तुरुन्त आइसोलेसन गर्छौँ, र बाँकी रहेकालाई थप १४ दिन क्वारेन्टाइनमा राख्नेछाैँ । 

शनिबार वुहानमा बाट नेपाल आएको १ सय ७५ जना नेपालीलाई उद्दार गर्न गएका पाइलटसहित विमानका अन्य सदस्यको घाँटी र नाकको ¥यालको नमुना संकलन गरिएको गरिएको छ 


कस्तो लाग्यो ?

यो पनि