जेठ ०८, २०८१, मंगलबार
               

महिनावारी : भ्रम र यथार्थ

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

महिनावारी प्रत्येक महिनामै हुनुपर्छ भन्ने छैन । महिलाको शरीरिक बनोटअनुसार समयावधि फरक हुनसक्छ । २५ देखि ४० दिनसम्मको अन्तरालमा महिनावारी हुनु सामान्य प्रक्रिया हो । त्यस्तै, महिनावारी सुरु भएको एक–दुई वर्ष महिलाको शरीर परिपक्व भइनसकेको हुँदा ग्यााप लामो हुनसक्छ वा अनियमित हुनसक्छ । 

महिनावारी हुँदा यी कुरामा ध्यान दिनुपर्छ : 

झुक्किएर पनि गुप्तांगमा साबुनको प्रयोग गर्नुहुँदैन । त्यसका लागि बजारमा भिन्नै सामग्री पाइन्छन् । ती चिजहरू सकभर प्रयोग गर्नुहुँदैन । सरसफाइका लागि मनतातो पानीको प्रयोग नै पर्याप्त हुन्छ । गाउँघरतिर महिलाले प्रयोग गरेको कपडा राम्ररी नसुकाउँदा गुप्तांगमा संक्रमणको समस्या देखिने गर्छ ।

गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरका भित्री प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ । नेपालको पश्चिमी भेगतिर महिलाले महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्दैनन् । कसैकसैले कपडा प्रयोग गरे भने सूर्यलाई देखाउनुहुँदैन भनेर घाममा सुकाउँदैनन्, अँध्यारो ठाउँमा सुकाउँछन् ।  अहिले बजारमा पाइने टेम्पोन्स र मेन्सुरल कपभन्दा सेनिटरी प्याड या सुतीको नरम कपडा प्रयोग गर्नु राम्रो हुन्छ ।
त्यस्तै : अदुवाको टुक्रा राखेर पानी पिउने, बिस्तारै कम्मर माड्ने वा मालिस गर्ने, गहिरो श्वास लिनेअभ्यास गर्ने, योगासन गर्ने गर्नुपर्छ । 

यसरी हुन्छ महिनावारी 

जन्मदेखि नै महिलाको डिम्बाशयमा हजारौँ अन्डा हुन्छन् । हरेक महिना एउटा अन्डा परिपक्व हुन्छ र डिम्बाशयलाई छोड्छ । यसलाई ओभुलेसन भनिन्छ । परिपक्व अन्डा बिस्तारै डिम्बवाहिनी नली हुँदै पाठेघरमा आउन थाल्छ । त्यही वेला अन्डा बस्नका लागि पाठेघरमा बाक्लो रगतका पत्रहरू बनिरहेका हुन्छन् । केही दिनपछि ती पत्र भत्किन थाल्छन् । पत्रहरू पनि अन्डासँगै बाहिर निस्कन्छन् । यसलाई नै महिनावारी भएको भनिन्छ । यो प्रक्रिया हरेक महिना दोहोरिन्छ ।  महिनावारी भएका वेला पेट दुख्नु सामान्य हो । पाठेघरको नली चलायमान हुने र शरीरमा हर्मोन परिवर्तन हुने भएकाले पेट दुख्ने हो । कतिले दुखाइ कम गर्न औषधि सेवन गर्ने गर्छन् । महिनामा खाइने त्यस्तो औषधिले खासै फरक पार्ने होइन । तर, सकेसम्म नियमित रूपमा शारीरिक व्यायाम गर्नु उत्तम हुन्छ । 

हामीले दैनिक रूपमा नुनको मात्रा कम गर्ने हो भने पनि पेट दुख्ने समस्यामा केही कमी आउन सक्छ । योसँगै जंकफुडको सेवन कम गर्न पनि उत्तिकै महत्वपूर्ण छ । कतिपयमा बेहोस नै हुने गरी पेट दुख्ने गर्छ । यस्तो अवस्थामा डाक्टरकै सल्लाह लिनु उपयुक्त हुन्छ । पेट दुखेका वेला मेथीको चिया, तातो पानीजस्ता तरल पदार्थको सेवन गर्न सकिन्छ । 


कस्तो लाग्यो ?

यो पनि