चैत १६, २०८०, शुक्रबार
               

बढ्दै छ थाइराइडको जोखिम, बच्ने कसरी ?

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

मानिसको शरीरमा हर्मोनहरू हुन्छन् । ती हर्मोनको फरक फरक काम हुन्छ । त्यसको मात्रा शरीरमा सन्तुलित रुपमा हुनु पर्छ । त्यस्को आफ्नै मात्रा र अर्डर हुन्छ । थाइराइड भनेको हर्मोनको डिस्अर्डर हो ।

थाइराइड मानिसको घाटीमा हुने एउटा ग्रन्थी पनि हो । यो ग्रन्थीले थाइरोक्सिन (टी-३) र ट्राइआयोडो थाइरोनिन (टी-४) हर्मोन बनाउने काम गर्छ । थाइराइडको काम शरीरको गति नियन्त्रण अर्थात (मेटाबोलिजम) गर्ने हो । त्यसैले यो ग्रन्थीलाई एक्सिलेटर पनि भन्दछन् । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म् भनिन्छ । कम उत्पादन हुने थाइराइडलाई हाइपो थाइरोडिज्म भन्छन् ।

यो समस्या वंशाणुगत रुपमा पनि आउने गरेको देखिन्छ । अर्को कारण आहारविहार पनि हो । सन्तुलित खाना नखाँदा र आयोडिनको कमीले पनि थाइराइड हुन सक्छ ।

नेपालमा खासगरी महिलामा थाइराइड भयानक बन्दैगएको वरिष्ठ फिजिसियन डा. एई अन्सारीको अनुभव छ । तर थाइराइड हुँदैमा आत्तिनु पर्ने अवस्था भने छैन । सर्वसुलभ औषधिले थाइराइडलाई नियन्त्रणमा राख्न सकिने उनले बताए ।

सावधानी नपनाएमा थाइराइडले ज्यानकै जोखिम पनि हुन्छ । मुटु तथा डिप्रेसनको समस्यासमेत थाइराइडले निम्त्याउने डा. अन्सारीले बताए ।

डा. अन्सारी भन्छन् :

१. थाइराइड कसलाई हुन सक्छ ?

शरीरमा आयोडिनको कमी भएमा थाइराइड हुन सक्छ । मुख्य कारण नै यही हो । खानामा रसायिनिक पदार्थ अत्यधिक भएमा पनि थाइराइड हुन्छ । त्यसै सादगी खाना खानु नै उत्तम हुन्छ । माछामासु वा कुनै बस्तु खादैमा थाइराइड भइहाल्छ भन्ने होइन । तथापि जंक फुड तथा पेय पदार्थको प्रयोगमा सावधानी अपनाउनौ उचित हुन्छ ।

शरीरमा कीटाणुसित लड्ने क्षमता कम भएमा हर्मोन तलमाथि भई थाइराइडको समस्या देखिन थाल्छ । थाइराइड जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्छ । ४० वर्ष माथिका महिलालाई बढी देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमताको गडबडीले गर्दा यो रोग धेरै देखिने गरेको हो ।

२. कसरी थाहा पाउने ?

थाइराइड थाहा पाउने तरिका शरीर नै हो । शरीरले नियमितभन्दा फरक अनुभुत गरेमा थाइराइड भएको हुन सक्छ । जस्तो धेरै थाक्ने, धेरै भोक लाग्ने, शरीर अनावश्यक रुपमा मोटाउँदै जाने, त्यसको उल्टो भोक नलाग्ने तथा दुब्लाउँदै जाने । यी थाइराइडका लक्षण हुन् । बच्चामा भए बच्चाको मोटोपन अत्यधिक बढ्दै जाने, तर उचाइ र दिमाग भने नबढ्ने हुन्छ । गर्भ नबस्ने, गर्भ खेर जाने पनि यसका लक्षण हुन् । त्यस्तै, कपाल झर्ने, रुघाखोकी बारम्बार लागिरहने, महिलामा महिनावारी गडबड हुने, बोल्न गाह्रो हुने वा स्वर धोद्रो हुने, खुट्टा नचल्ने र कसैकसैमा आँखा बाहिर निस्कने जस्ता लक्षण पनि देखा पर्छ ।

३. उपचार नगरे कस्तो समस्या देखिन्छ ?

समयमै उपचार नगरे शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । रक्तचाप घटबढ गराउन सक्छ । कब्जियत गराउनेदेखि मुटुमा समस्या देखिने गर्छ । बाझोपन देखिने, डिप्रेसन निम्ताउनुका साथै मिर्गौलालाई पनि क्षति पुर्‍याउँछ ।

४. के खाने ?

समयमै उपचार गरेमा र खानपानमा ध्यान दिएमा थाइराइड नियन्त्रणमा आउँछ । लक्षण देखा पर्ने बित्तिकै चिकित्सकसँग परामर्श गर्नु पर्छ । सन्तुलित खाना, हरिया सागसब्जी, फलफूल, आयोडिनयुक्त खानेकुरा र माछा खानु पर्छ । जंक फुड तथा रसायन हालेर बनाइएका बस्तुहरू कम खाँदा उत्तम हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि