जेठ ०८, २०८१, मंगलबार
               

सिन्धुपाल्चोक प्रकोप : बिरामीको नमुना परीक्षण गर्न काठमाडौँ ल्याइँदै

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

चौतारा : सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका बिरामीको नमुना परीक्षण गर्न काठमाडौँ ल्याइदैछ । नोवेर कोरोना नभई रुघाखोकी र ज्वरो फैलिएको भनिएको बिरामीका खकार तथा रगतको नमुना काठमाडौँ ल्याउन लागिएको हो ।

डाक्टरसहितको टोलीले गुम्बा गाउँ पुगेर काठमाडौँ टेकुमा रहेको प्रयोगशालामा नमुना परीक्षण गर्न ल्याउने जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताइन् । 

टेकुमा रहेको प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुने जनाइएको छ । रुघाखोकी र ज्वरो देखिएका तीन सय जना बिरामीमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर छ । रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा थप औषधि र सात सय वटा मास्क पठाइएको छ ।

सिन्धुपाल्चोकको जुगलमा अज्ञात रोगको संक्रमणले महामारी फैलिएको एकसाता पुगेपछि बल्ल बुधवार काठमाडौँबाट स्वास्थ्य टोली पुगेको हो । वडा नम्बर ३ गुम्बागाउँमा २ सय जना बढी बिरामी परेका छन् । ती मध्ये केही निको भएका छन् । गाउँपालिकाले मङ्गलवार जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र बाग्मती प्रदेश सरकारलाई पत्र लेख्दै विशेषज्ञहरूको टोली पठाइदिन आग्रह गरेपछि केन्द्रबाट स्वास्थ्य टोली त्यहाँ पुगेको हो ।


कस्तो लाग्यो ?

यो पनि