बैशाख १८, २०८१, मंगलबार
               

चीन सरकारलाई एक लाख माक्स सहयोग

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउने मास्कको अत्यधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयमा एक समारोहबीच सहयोग सामग्री हस्तान्तरण गरिएको हो । त्यसअवसरमा चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको सङ्क्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्त्वपूर्ण भएको बताइन् । उनले सहयोगबाट चिनियाँ नागरिक र नेतृत्वलाई ऊर्जा मिलेको समेत प्रतिक्रिया दिइन् ।


कस्तो लाग्यो ?

यो पनि