बैशाख १८, २०८१, मंगलबार
               

एलर्जीबाट जोगिन यस्तो उपाय

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

औसत १० देखि २० प्रतिशत मानिस मौमसी एलर्जीको शिकार हुन्छन् । यदी तपाई पनि यस्तै एलर्जीको शिकार हुनुहुन्छ भने प्रदूषित इलाकामा नहि‌ंड्नुहोस्, एसी अन गरेकाे समयमा झ्याल बन्द राख्नुहोस् । 
 
तनावबाट दूर 

अमेरिकामा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने तनाव लिएमा एलर्जीको लक्षण बढ्छ । तनावका कारण उत्पन्‍न हुने स्ट्रेस हार्मोन्स, ब्लड प्रोटीन इत्यादीले आईजीईलाई बढाउँछ , जून एलर्जिक रिएक्शनका लागि जिम्मेवार हुन्छ । विज्ञका अनुसार तनाव नलिने र पूर्ण निन्द्राले एलर्जीमा राहत मिल्छ ।
 
तातो पानीको प्रयोग

अनुसन्धानका अनुसार यदी तपाईको सुत्ने ओछ्यानलाई १ सय ४० डिग्री फरनहाइटको तापक्रममा धुनुभयो भने १ सय प्रतिशत धुलो कम हुन्छ । जबकी मनतातो पानीले धुदाँ ६ दशमलव ५ प्रतिशत धुलो मात्रै कम हुन्छ । केही मेसिनमा सेनेटाइज सेटिङ पनि हुन्छ । यदी मेसिनमा यस्तो अप्शन छैन भने वासिङ मेसिनमा तातो पानीको प्रयोग गर्नुहोस् वा हातले कपडा धुनका लागि तातोपानी प्रयोग गर्नुहोस् । कपडालाई मज्जाले सुकाउनुहोस् ।
 
नुहाउनुहोस्
जसलाई एलर्जीको गुनासो छ त्यस्ता मान्छेले घर छिर्नासाथ नुहायो भने केही आराम मिल्छ । कपडा, जुत्ता, कपाल आदीमा छिरेका भाइरसको सम्पर्कमा आउने एलर्जीको लक्षण शरिरमा आउँछ । त्यसैले जति छिटो सकिन्छ नुहाउनुहोस् ।


कस्तो लाग्यो ?

यो पनि